काठमाडौं, २४ माघ । बाग्मती सफाई महाअभियान सुरु गरिएको ३ सय औं हप्ता पुगेको अवसर पारेर आगामी शनिबार विशेष कार्यक्रम आयोजना हुने भएको छ । सहरी विकास मन्त्रालयले विहीवार काठमाडौंमा प्रत्रकार सम्मेलनको आयोजना गरी अगामी शनिबार वृहत कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।
सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले बाग्मती मनोहरा दोभान शंखमूलमा आयोजना गर्न लागिएको कार्यक्रम बिहान साँढे ८ बजेबाट सुरु हुने भएकाले सवैलाई उपस्थितीका लागि आग्रह समेत गरेका छन् ।
२०७० साल जेष्ठ ५ गतेबाट सुरु भएको बाग्मती सफाई महाअभियानमा हालसम्म १ हजार ८ सय भन्दा बढि संघ, संस्थाहरु सहभागी भईसकेका छन । त्यसैगरी सो महाअभियानमा १० लाख भन्दा बढि स्वयम्सेवीहरुले योगदान गरेका छन् ।




