आइतबारदेखि मात्र मौसममा पूर्ण सुधार : महाशाखा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आइतबारदेखि मात्र मौसममा पूर्ण सुधार : महाशाखा

mausam

अप्सरा गौतम
काठमाडौं, २४ माघ । पश्चिमि बायूको प्रभावले बिहिवार काठमाण्डौ उपत्यका सहित देशका बिभिन्न भागमा बर्षा भएको छ । मौषमी बादल पूर्बी नेपाल हुँदै नबाहिरिएसम्म मौसममा बदली जारी रहने मौषबिदहरुले जनाएका छन । बर्षासंगै चिसोका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । मौषममा बदली हुने क्रम शनिवारसम्म रहने जनाइएको छ ।

केही दिनयता दिनहुँ लागेको चर्को घाम देखेर धेरैले अब जाडो महिना सकिएको र चिसो घट्ने अनुमान लगाएका थिए । तर, बिहीबार बाट एकाएक देशका अधिकाशं स्थानमा वर्षा संगै चिसो पनि वढेको छ । पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेकाले एक्कासी मौसममा परिवर्तन आएको मौसमविद्हरुले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडलेका अनुसार तीन दिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षा संगै हिमपात हुने जानकारी दिए ।

मौसम महाशाखाका अनुसार सुदूर पश्चिमका जिल्ला दार्चुला, हुम्ला, डोल्पा लगायतका स्थानमा अहिले हिमपात संगै जनजीवन समेत प्रभावित भईरहेको छ । पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने सक्ने खतरा रहेकाले केही दिन जोखिमयूक्त ठाउँहरुमा यात्रा नगर्न समेत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् पौडेलले आग्रह गरे ।

मौसम पूर्वानुमान महाशाका अनुसार शनिवार रातीदेखि पश्चिमी भेगमा मौसम सफा रहने र मध्य तथा पूर्वको केही स्थानमा हल्का वर्षाका साथै आइतबारदेखि मात्र मौसममा पूर्ण सुधार आउने जनाएको छ । शाखाले यो वर्षाले पहाडी क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने भन्दै सतर्क रहन समेत विशेष आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);