ट्रम्पको वित्तीय विवरण परीक्षण गर्न पाउने अमेरिकाको सर्वोच्च अदालतकाे फैसला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ट्रम्पको वित्तीय विवरण परीक्षण गर्न पाउने अमेरिकाको सर्वोच्च अदालतकाे फैसला

एजेन्सी,२६ असार । अमेरिकाको  सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको वित्तीय विवरण न्यूयोर्कका अभियोजनकर्ताहरूले परीक्षण गर्न पाउने फैसला गरेको छ । तल्लो सदनका दुई समिति तथा न्यूयोर्कका अभियोजनकर्ता साइरस भान्सले लामो समयदेखि राष्ट्रपति ट्रम्पको कर विवरणको माग गरिरहेकाबेला अमेरिकाको  सर्वोच्च अदालतले उक्त फैसला गरेको हो ।

यसैसँग सम्बन्धित मुद्दामा भने अदालतले उक्त विवरण अमेरिकी तल्लो  सदन कंग्रेसलाई दिनु जरुरी नभएको फैसला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कर दाखिलाका विवरण सार्वजनिक नगरेको भन्दै विभिन्न पक्षले राष्ट्रपति ट्रम्पको  आलोचना गर्दै आइहेका थिए ।

सर्वोच्च अदालतको  फैसलाविरुद्ध राष्ट्रपति ट्रम्पले आक्रोश व्यक्त गर्नुभएको छ । यो फैसला राजनीतिक स्वार्थले प्रेरित भएको ट्रम्पको भनाइ छ । ट्रम्पको वित्तीय विवरणको सूचना नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनभन्दा अघि  सार्वजनिक हुने  सम्भावना भने कमै रहेको बताइएको छ ।

यसैबीच डेमोक्र्याटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार जो बाइडनले आफूले गत २१ वर्षको कर दाखिलाका दस्तावेज सार्वजनिक गरेको भन्दै ट्रम्पलाई  रेकर्ड सार्वजनिक गर्न चुनौती दिनु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);