राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने ट्रम्पको प्रयासमा धक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने ट्रम्पको प्रयासमा धक्का

चार राज्यको मत बदरको माग सर्वोच्च अदालतद्वारा खारेज

एजेन्सी, २७ मंसिर । आफू पराजित भएको चुनावी नतिजा आफ्नो पक्षमा उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रयास फेरि विफल भएको छ । ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

टेक्सासका महान्यायाधिवक्ताले गत नोभेम्बर ३ को राष्ट्रपति चुनावमा जो बाइडेन विजयी चार ब्याटलग्राउण्ड राज्य जर्जिया, मिसिगन, पेन्सिलभेनिया र विसकन्सिनको नतिजा अवैध घोषणा गर्न माग गरी सर्वोच्च अदालतमा हालेको मुद्दा खारेज गरिदिएको हो ।

उक्त मुद्दामा १८ राज्यका महान्यायाधिवक्ता र १०६ रिपब्लिकन सांसदले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नरहेको भन्दै खारेज गरिदिएको हो । सर्वोच्च अदालतले अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउँने कानूनी आधार नभएको जवाफ पनि दिएको छ ।

यसअघि गत मंगलबार पनि सर्वोच्चले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गर्दै दायर गरेको मुद्दा खारेज गरेको थियो ।

३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जीतका लागि चाहिने २७० इलेक्टोरल कलेज मतमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउनु भएको छ भने ट्रम्प २३२ मतमा सीमित हुनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);