फेसबुकले माग्यो ८ सय कर्मचारी, इन्जिनियरको माग बढी | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

एजेन्सी, १८ मंसिर। अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो नयाँ शाखा कार्यालय सोमबार खोलेको छ। सो शाखामा फेसबुकले विभिन्न पदका लागि ८०० कर्मचारीहरुको माग गरेको छ। उक्त कार्यलयमा इन्जिनियरको माग बढी गरिएको छ।

फेसबुकले लन्डनलाई व्यवसायिकरुपमा एक महत्वपूर्ण क्षेत्रका रुपमा छनौट गरेको हो। पछिल्लो समय अत्यधिक नाफा कमाउन सफल व्यवसायिक संस्थाका रुपमा फेसबुक कम्पनीले आफुलाई स्थापित गराउन सफल भएको छ।

मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक कम्पनीको स्थापना गरेका थिए। हाल विश्वका करिब एक चौथाई मानिसले फेसबुक चलाउँछन्। फेसबुक कम्पनीको आम्दानी ७१ प्रतिशतले बढेको छ।

गत वर्ष भएको नाफा रकममा फेसबुक कम्पनीले ४९ प्रतिशत आम्दानी बढाएको छ। फेसबुकले अत्याधिक नाफा विज्ञापनबाट कमाउने गरेको छ।

ताजा समाचार