'बाली'मा ज्वालामुखीको त्रास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एजेन्सी, ९ असोज । इन्डोनेशियाको बाली टापुस्थित माउण्ट एगंगमा ज्वालामुखीको बिस्फोटन सक्रिय भएसँगै ३५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।

अधिकारीहरुले उनीहरुलाई एक हप्ता अगाडि नै घर छाडेर सुरक्षित स्थानमा सर्न आग्रह गरेका थिए ।

शुक्रबार अधिकारीहरुका निर्देशन अनुसार सो पहाड भन्दा १२ किलोमिटर वरपर निकै खतरा रहेको छ ।

माउण्ट एगगंका वरपर खरानी र लाभाका संकेत देखिएका छन् ।

इन्डोनेशीयाका आकाश माथि बिमान भर्ने अष्टे«लिया, सिंगापुर र ब्रिटेन लगाएतका बिमानलाई समेत खतरा रहेको अधिकारीहरुको भनाई छ ।
सन् १९६३मा उक्त पहाडमा ज्वालामुखी बिस्फोटन हुदाँ हजारौँ मानिसको ज्यान गएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);