इण्डोनेसियाको माउण्ट राउङमा ज्वालामुखी विस्फोट | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८३, सोमबार

इण्डोनेसियाको माउण्ट राउङमा ज्वालामुखी विस्फोट

एजेन्सी । इण्डोनेसियाको पूर्वी जाभा प्रान्तको बान्युवांगी रिजेन्सीको माउण्ट राउङमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । जसले गर्दा उडान शतर्कता जारी गरिएको देशको ज्वालामुखी तथा भूगर्भीय विपद् न्यूनीकरण केन्द्रले जनाएको छ ।

बिहीबार दुई पटक विस्फोट भएको थियो । जसमध्ये ठूलो जकार्ता समय बिहान ४ः४३ बजे आकाशमा खरानीको मुस्लो उडेको थियो । ज्वालामुखीको वरपर ५ हजार मिटर मुनि विमानहरूलाई उडान गर्न निषेध गरेको छ ।

समुदाय, पर्यटक र आगन्तुकहरूलाई क्रेटरको ३ किलोमिटर दायरा भित्र कुनै पनि गतिविधिमा संलग्न नहुन सल्लाह दिइएको छ ।

समुन्द्र सतहबाट ३ हजार ३ सय ३२ मिटरको उचाइमा रहेको माउन्ट राउङ इण्डोनेसियाको १२७ सक्रिय ज्वालामुखीहरू मध्ये एक हो ।

Leave a Reply

ताजा समाचार