अमेरिकाले पुनः शुरू गर्याे विदेशी विद्यार्थी भिसा, सामाजिक सञ्जालको अनिवार्य पहुँच माग | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

अमेरिकाले पुनः शुरू गर्याे विदेशी विद्यार्थी भिसा, सामाजिक सञ्जालको अनिवार्य पहुँच माग

एजेन्सी। अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थी भिसा प्रक्रिया पुनः शुरु गरेको घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्रालले गत मेदेखि निलम्बन गरेको विद्यार्थी भिसा केहि नयाँ प्रावधानसहित शुरु गर्ने निर्णय गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अब सबै आवेदकहरूले सरकारी समीक्षाका लागि आफ्ना सामाजिक सञ्जाल खाताहरू सार्वजनिक गर्नुपर्नेछ । विदेश मन्त्रालयका अनुसार, कन्सुलर अधिकारीहरूले आवेदकका सामाजिक सञ्जाल पोस्ट र सन्देशहरूमा अमेरिका, यसको सरकार,संस्कृति, संस्था वा संस्थापक सिद्धान्तहरूप्रति शत्रुतापूर्ण मान्न सकिने सामग्रीको खोजी गर्नेछन् ।

नयाँ नियम अनुसार, यदि कुनै आवेदकले आफ्ना सामाजिक सञ्जाल खाताहरू ‘सार्वजनिक’ गर्न र समीक्षाका लागि अनुमति दिन अस्वीकार गरेमा भिसा आवेदन अस्वीकृत हुन सक्नेछ । यसो गर्न अस्वीकार गर्नु भनेको आवश्यकताबाट बच्न वा अनलाइन गतिविधिहरू लुकाउन खोजिरहेको संकेत हुन सक्ने विदेश मन्त्रालयले स्पष्ट गरेको छ ।

गत महिना ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूका लागि नयाँ भिसा अन्तर्वार्ताको तालिका अस्थायी रूपमा स्थगित गरेको हो ।

नयाँ निर्देशिकाले कन्सुलर अधिकारीहरूलाई विद्यार्थी र आदानप्रदान आगन्तुकहरूको पूर्ण छानबिन गर्न अनिवार्य गरेको छ। यसका लागि आवेदकहरूले आफ्ना सामाजिक सञ्जाल प्रोफाइलहरू सार्वजनिक सेटिङमा राख्नुपर्नेछ। यो विस्तारित जाँचले अमेरिकामा प्रवेश गर्ने सबैको उचित परीक्षण सुनिश्चित गर्नेछ । कन्सुलर अधिकारीहरूलाई पठाइएको आन्तरिक निर्देशनमा मन्त्रालयले अमेरिकाका नागरिक, संस्कृति, सरकार, संस्था वा संस्थापक सिद्धान्तहरूप्रति शत्रुताको कुनै पनि संकेतको खोजी गर्न निर्देशन दिएको छ ।

साथै, ट्रम्प प्रशासनले ३६ देशहरूलाई यात्रुहरूको छानबिन सुधार गर्न प्रतिबद्ध हुन आह्वान गरेको छ, अन्यथा उनीहरूका नागरिकहरूलाई संयुक्त राज्य अमेरिका भ्रमण गर्न प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

Leave a Reply