बालीमा ज्वालामुखी बिस्फोट हुने संभावना, स्थानियलाई सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

एजेन्सी, ११ मंसिर। इन्डोनेसियाका अधिकारीहरुले चर्चित पर्यटकीय टापु बालीमा ज्वालामुखी विस्फोट हुन सक्ने भन्दै उच्च सतर्कतामा राखी त्यहाँको एकमात्र विमानस्थललाई बन्द गराएको बीबीसीले जनाएको छ।

इन्डोनेसियाको विपत्सम्बन्धी राष्ट्रिय संस्थाले माउन्ट आगुङ्ग ज्वालामुखीले एकै सातामा दोस्रोपटक धुवाँ र खरानीहरु छिटो छिटो निक्लिरहेको र ठूलो स्तरमा विस्फोट हुने देखिएको बताएको छ।

पछिल्लोपटक सन् १९६३ मा ज्वालामुखी विस्फोट भएको थियो जसका कारण १६ सय मानिसहरुको ज्यान गएको थियो।

स्थानीय अधिकारीहरुले मानिसहरुलाई ज्वालामुखीदेखि १२ किलोमिटर टाढा रहन भनेका छन्। विपद निम्तिन सक्ने खतराका कारण आइतबार स्थानीय समय अनुसार ६ बजेबाट त्यहाँ सतर्कता उच्च स्तरमा बढाइएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);