सुनामीबारे पूर्व जानकारी दिन सक्ने प्रणालीको विकास हुनेछ : सरकारी अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनामीबारे पूर्व जानकारी दिन सक्ने प्रणालीको विकास हुनेछ : सरकारी अधिकारी

indonesia sunami

काठमाडौं, ११ पुस । इन्डोनेसियाले समुद्रमुनि जाने पहिरोका कारण आउने सुनामीबारे पूर्व जानकारी वा चेतावनी दिन सक्ने प्रणालीको विकास गर्नेे बताएको छ । नयाँ बनाउने भनिएको प्रणालीले समुद्री छालको आकारलाई अनुगमन गरेर सुनामीबारे पूर्व जानकारी दिने सरकारी अधिकारीले बताएका छन् ।

इन्डोनेसियाली सरकारी अधिकारीहरुका अनुसार इन्डोनेसियाले सुनामीको पूर्व अनुमान लगाउने प्रणालीको विकास गर्ने दावी गरेका छन । यस्तो प्रणलीले समुद्री छालको आकारलाई अनुगमन गर्ने बताइएको छ । यस्तो प्रणालीको प्रयोगवाट मानिसहरुलाई सुनामीको जोखिमवाट वचाउन सहयोग पु¥याउन सकिने इन्डोनेसियाली अधिकारीहरुको भनाई रहेको छ ।

प्राकृतिक विपत्ती खासगरी सुनामी र भुकम्पको अतिनै जोखिममा रहेको इन्डोनेसियामा यसको जोखिमवाट मानविय संकट टार्ने प्रयासहरुपनि हुँदै आएका छन । यस्तै प्रयासमध्यको एक प्रयासको रुपमा समुद्री छालको पूर्व जानकारी दिने प्रणालीलाई लिन सकिने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । इन्डोनेसियाको सुमात्रा क्षेत्रमा गत शनिबार राति मात्र भएको ज्वालामुखी बिस्फोट लगत्तै समुद्रमुनि गएको पहिरोका कारण सुनामी आएको थियो ।

सुनामीका कारण अहिलेसम्म कम्तिमा ४ सय २९ जनाको मृत्यु भएको पुष्टि भएको छ । इन्डोनेसियाको सरकारी निकायले समुद्रमुनि जाने पहिरोका कारण आउने सुनामीबारे पूर्व जानकारी दिने प्रणालीको विकासको काम आउँदो वर्षदेखि सुरु गरिने इन्डोनेसियाको सरकारी संचारमाध्यमले जनाएको छ । एनाक क्राकातोए ज्वालामुखी बिस्फोटका कारण गएको पहिरोले निम्त्याएको सुनामीका कारण १६ हजार भन्दा बढी बिस्थापित भएका छन् ।

अझै १ सय ५० जना बेपत्ता रहेको बताइएको छ । सुनामीका कारण सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन् । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने जनाइएको छ । भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् । यस वर्ष मात्रै इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो ।

यसअघि, जुन, अगस्ट र सेप्टेम्बर महिनामा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २ सय व्यक्तिको मृत्यु भएको थियो । पटक पटक सुनामी खेपेको इन्डोनेसियाले त्यसवाट मानविय क्षति कम गर्नका लागि यस्तो उपाय अपनाउन थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । यस्तो प्रणालीले काम गर्न सके सुनामीवाट हुने मानविय क्षति कम गर्न सहयोग पुग्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);