ट्रम्प र मेलानियाले इराकमा रहेका अमेरिकी सेनाको क्याम्पको गरे भ्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रम्प र मेलानियाले इराकमा रहेका अमेरिकी सेनाको क्याम्पको गरे भ्रमण

trump-trump wife

काठमाडौं, १२ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले इराकमा रहेका अमेरिकी सेनाको क्याम्पको भ्रमण गरेका छन् ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला पूर्व निर्धारित कार्यक्रम बिना नै इराकको पश्चिमी बग्दादमा रहेको अमेरिकी सेनाको क्याम्पमा गएका हुन् । उनीहरुले अमेरिकी सैनिकलाई क्रिसमसको अवसरमा ‘सरप्राइज’ गरेका हुन् । उनीहरु सेवाका लागि सैनिकहरुलाई धन्यबाद दिन पुगेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्प र मेलानियाले इराकमा रहेका अमेरिकी सैनिकलाई सेवा, सफलता र त्यागका लागि धन्यबाद दिएको ह्वाइट हाउसले उल्लेख गरेको छ । इराकसहित मध्य पूर्व क्षेत्रमा अमेरिकाको सुरक्षा रणनीतिमा विवाद भएको भन्दै जेम्स म्याटिसले रक्षा मन्त्रीबाट राजीनामा दिएको केही दिनमै ट्रम्पले इराकमा रहेको सैन्य क्याम्पको भ्रमण गरेका हुन् ।

ट्रम्प र मेलानिया इराकमा रहेको अमेरिकी सैनिकको क्याम्पमा तीन घण्टा बिताएर फर्किएका हुन् । उनीहरुले जर्मनीको रामस्तेइन एयर बेसमा रहेका अमेरिकी सैनिकहरुसँग पनि भेट गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);