अमेरिकाका पूर्व राष्ट्रपतिहरुले लगाए कोरोनाविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अमेरिकाका पूर्व राष्ट्रपतिहरुले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी, २८ फागुन । अमेरिकाका पूर्व राष्ट्रपतिहरूले सामुहिक रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अमेरिकाका चार पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्लु बुस, विल क्लिन्टन र जिम्मी कार्टरले सामुहिक रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन्।

जिउँदा पूर्व राष्ट्रपतिहरुमध्ये निवर्तमान डोनाल्ड ट्रम्प मात्र अनुपस्थित थिए ।

अमेरिकाका नागरिकहरुलाई पनि खोप लगाउन प्रेरित गर्दै चार पूर्व राष्ट्रपतिहरु सहभागी भएको जनहितका लागि तयार पारिएको विज्ञापन बिहीबार सार्वजनिक गरेको छ । भिडियोमा पूर्व राष्ट्रपतिहरुले खोप लगाउँदै आफ्ना नागरिकहरुलाई निर्धक्क भएर खोप लगाउन पनि आग्रह गरेका छन्।

पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले महामारीबाट बच्नका लागि नागरिकहरुका लागि खोप महत्वपूर्ण रहेको बताएका छन्।

त्यसैगरी भिडियोमा पूर्व राष्ट्रपति विल क्लिन्टनले कोरोनाका कारण आफूहरुले धेरै नागरिकहरु गुमाईसकेको र धेरै क्षति बेहोरी सकेको बताएका छन्। पूर्व राष्ट्रपति ओबामाले भने खोपको अर्थ आफूहरुको आशा भएको उल्लेख गर्दै महामारीबाट बच्नका लागि सबैले खोप लगाउनु पर्ने बताएका छन्।

निवर्तमान राष्ट्रपति ट्रम्पले भने ह्वाइट हाउसमा हुँदा नै गोप्य रुपमा खोप लगाइसकेको कुरा बाहिर आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);