म्यानमारको सैन्य शासकद्वारा अपदस्थ नेता सूकीमाथि घुस लिएको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

म्यानमारको सैन्य शासकद्वारा अपदस्थ नेता सूकीमाथि घुस लिएको आरोप

एजेन्सी, २७ फागुन । म्यानमारको सैन्य शासकले अपदस्थ नेता आङ सान सूकीमाथि केही सुन र ६ लाख अमेरिकी डलर अवैध तरिकाले स्वीकार गरेको आरोप लगाएका छ । म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो ।

सेनाले सूकीले पैसा स्वीकार गरेको भन्ने कुरा पुष्टि गरेको दाबी समेत गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै ब्रिगेडियर जनरल जा मिन तुनले म्यानमारका राष्ट्रपतिसमेत केही मन्त्रीमाथि पनि भ्रष्टाचारको आरोप लगाउनु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । फेब्रेअरी १ मा सैनिक ‘कू’ गरेर सूकी र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो ।

आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन । सेनाले सूकीलाई अज्ञात स्थानमा राखेको छ । यसअघि सेनाले सूकीमाथि रेडिओ उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भंग गरेको तथा नागरिकमा डरत्रास फैलाइएको आरोप पनि लगाइ सकेको छ ।

सूकीले गैरकानुनी रूपमा ग्रहण गरेको भनिएको सुनको मूल्य लगभग साढे चार लाख पाउन्ड छ । म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी छ । प्रदर्शनमा बिहीवार कम्तीमा सात जना मारिएपछि मृतकको संख्या ६० नाघेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);