म्यान्मारको छाया सरकारद्धारा सैनिक शासक विरुद्ध युद्धको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

म्यान्मारको छाया सरकारद्धारा सैनिक शासक विरुद्ध युद्धको घोषणा

एजेन्सी । म्यान्मारको छाया सरकारले देशका सैनिक शासक विरुद्ध युद्ध घोषणा गरेको छ । म्यान्मारमा गत १ फेब्रेअरीमा कु गर्दै शासनसत्ता हातमा लिएको सैनिक शासक विरुद्ध निर्वाचित सांसदहरुले गठन गरेको छाया सरकारले युद्ध घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सेनाले अपदस्थ गर्नुअघिका निर्वाचित सांसद्हरुको गठबन्धन गठन गरेको राष्ट्रिय सहमतिको सरकार अर्थात छाया सरकारका कार्यकारी राष्ट्रपति दुवा लसी लाले मंगलबार फेसबुकमा भिडियो शेयर गर्दै जनताको रक्षात्मक युद्ध’ घोषणा गरेका हुन ।

जनताको जीवन र सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी आएकाले राष्ट्रिय सहमतिको सरकारले सैन्य जुन्ताविरुद्ध जनताको रक्षात्मक युद्ध सुरु गरेको लसी लाको ट्विटरमा उल्लेख छ । सैनिक शासक मिन आङ हलिङले नेतृत्व गरेका सैनिक शासनविरुद्ध विद्राह गर्न सबै नागरिकलाई अपील पनि गरिएको छ ।

जनरल मिन हलिङले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेर शासनसत्ता हातमा लिएयता म्यान्मारमा राजनीतिक संकट गहिरिएको छ । त्यसयता, यहाँका राजनीतिक पार्टीहरु एकजुट भएर संघर्षमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);