तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा

taliban

एजेन्सी । तालिबानले अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ ।

मोहम्मद हसन अखुण्डको नेतृत्वमा मंगलबार मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक गरिएको हो । जसमा अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबान प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएका छन् ।

मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । त्यस्तै विदेशमन्त्रीमा मुल्लाह आमिर खान मुत्ताकी छन् । तालिबान बाहेकका अन्य पक्षबाट पनि मन्त्रिपरिषद्मा समावेश गर्न व्यापक माग भैरहेपनि नयाँ क्याबिनेटमा अन्यको नाम भने समावेश गरिएको छैन ।

यो सरकारलाई कामचलाउ अर्थात अन्तरिम सरकार भएको प्रवक्ताको भनाई छ । अगस्ट १५ मा काबुललाई नियन्त्रणमा लिएपछि पहिलोपटक तालिबानले सरकारको घोषणा गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);