अस्पतालमा बाढी पस्यो, १७ बिरामीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अस्पतालमा बाढी पस्यो, १७ बिरामीको मृत्यु

एजेन्सी । मेक्सिकोको एउटा अस्पतालमा बाढीका कारण कम्तिमा १७ जना बिरामीको मृत्यु भएको छ । मध्य प्रान्त हिडालगोको अस्पतालमा बाढी पस्दा बिरामीको मृत्यु भएको हो ।

तुला सहरमा भीषण वर्षापछि एउटा नदीको बहाब बढेर अस्पतालसम्म पुग्दा त्यहाँ लामो समय विद्युत कटौती भएको थियो । मृत्यु हुनेमध्ये केही कोभिड–१९ का बिरामी छन् । लामो समय विद्युत अबरुद्ध हुँदा अक्सिजन आपूर्तीमा असर गरेको थियो । मृत्यु हुनेमध्ये अधिकांश बिरामी आईसीयू र भेन्टिलेटरमा उपचारार्थ थिए ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादरले बिरामीको मृत्युबाट दुःखित भएको बताए । बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणलाई सुरक्षित क्षेत्रतर्फ जान उनले आग्रह गरेका छन् । अत्यधिक बाढीका कारण सो राज्यका गर्भनर बोकेको एउटा डुंगा डुबेको थियो ।

बाढीका कारण तुला सहरका तीस हजार भन्दा बढी मानिस प्रभावित छन् । बाढीले उत्तरी मेक्सिकोमा पनि ठूलो जनधनको क्षति पुर्यााएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);