म्यानमारद्वारा रोहिंग्या समुहको युद्ध बिरामको प्रस्ताव अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एजेन्सी, २६ भदौ । म्यानमारको सरकारले रोहिंग्या लडाकु समुहको एक महिने युद्ध बिरामको घोषणालाई अस्वीकार गरेको छ ।
राहिग्ंया लडाकु समुहले आइतबार युद्धबिरामको घोषणा गरेको थियो । उक्त घोषणा सहित सो समुहले हतियार छोड्न पनि आग्रह गरेका थिए।

म्यानमारका सरकारले भने उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् । म्यानमारकी नेत्री आङ सान सुकीका प्रवक्ताले उक्त समुहलाई आतकंवादीको संज्ञा दिदै आफुहरु युद्धबिराम गर्ने पक्षमा नरहेको सामाजिक सञ्जाल टीव्टर मार्फत जानकारी दिएका छन् ।

अराकन रोहिंग्या साल्भेसन आर्मी नामक सो समुहले म्यानमारका सुरक्षाकर्मीको अत्याचार विरुद्व प्रतिकार गर्दैै आएको थिए । रोहिंग्या समुदायलाई न्याय दिनको लागि गठन भएको सो लडाकु समुहले २५ अगष्टमा म्यानमारको एक पुलिस पोष्टमा हमला गर्दा १२ जनाको मृत्यु भएको थियो । त्यसपछि चर्किएको सो घटनाका कारण सैयौँ रोहिग्ंयाले ज्यान गुमाइ सकेका छन् ।

म्यानमारको जातिगत अत्याचारका कारण अहिले २९०,००० भन्दा बढि रोहिंग्या बगंलादेश लगाएत भारत नेपालमा शरण लिन पुगेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);