चिकित्सकको खुलासा : 'सेक्स एडिक्ट' हुन् रामरहीम, उपचार नभए समस्या बढ्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी । बलात्कार मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका भारतीय बाबा गुरमीत रामरहीम सिंह बारे अर्को सनसनीपूर्ण खुलासा भएको छ ।

रोहतक जेलमा रहेका रामरहीमलाई स्वास्थ्य जाँच गर्न गएका चिकित्सकको समूहले रामरहीम ‘सेक्स एडिक्ट’ भएको खुलासा गरेको छ । जसको कारण जेलमा रामरहीमको स्थिती नाजुक हुँदै गएको हो । सेक्स एडिक्ट भएकै कारण जेलमा रामरहीम बेचैन हुने र निदाउन नसक्ने भएको चिकित्सकको भनाई छ ।

रामरहीमलाई जाँच गर्ने चिकित्सकले भनेका छन् जेल आएदेखि शारीरिक सुख नमिलेको कारण समस्या बद्दै गएको र बेचैन रहने गरेको हो । यदि उपचारमा ढिला सुस्ती भएमा समस्या झन् बढ्न सक्छ ।

डेरा सच्चा सौदाका पूर्व सेवकले बताए अनुसार रामरहीम बाहिरी देशबाट यौन शक्तिवद्र्धक पेय पदार्थ मगाउने गर्दथे । त्यस्तै विभिन्न प्रकारका यौन शक्तिवद्र्धक जडिबुटीको पनि रामरहीम सेवन गर्ने गर्दथे ।

उसो त रामरहीमले जेल चलान भईसकेपछि पनि हनीप्रितलाई आफूसँगै राखिदिन माग गरेका थिए । रामरहीम सधैँ हनीप्रितसँग रहने गर्दथे । यि दुईबीच अवैध यौन सम्बन्धको आरोप समेत लागेको छ । अहिले फरार रहेकी हनीप्रित रामरहीमको धर्मपुत्री हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);