आमा भेट्न पुगेपछि भक्कानिएर रोए 'ढोंगी बाबा' रामरहीम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, ३० भदौ । यौन शोषण मामिलामा २० वर्षको जेल सजाय भोगिरहेका भारतीय ‘ढोंगी बाबा’ गुरमीत रामरहीम सिंहलाई उनकी आमाले भेट गरेकी छिन् ।

रारहीमकी आमा नसीब कौरलाई रोहतकको जेलमा उनका ड्राईभर इकबाल सिंहले लगिदिएका थिए । स्रोतका अनुसार आमालाई देखेपछि रामरहीम भक्कानिँदैै रोएका थिए । रामरहीमले आमासँग नजर मिलाउन समेत नसकेको खबर बाहिरिएको छ ।

जेलमा प्रवेश गराउनु पहिले नसिब कौरको खानतलासी गरिएको थियो । उनी छोराको लागि केही खानेकुरा लिएर जेल पुगेकी थिइन् । रामरहीमको परिवारका कोही पनि सदस्य उनलाई भेट्न अहिलेसम्म जेल पुगेका थिएनन् ।

आफ्नै भक्तलाई बलात्कार गरेर दोषी ठहर भएपछि रामरहीम अहिले २० वर्षको जेल सजाय भोगिरहेका छन् । सच्चा सौदा डेराका सञ्चालक समेत रहेका रामरहीमलाई जेल चलान गरेपछि भड्किएको हिंसामा ३८ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);