बाबा रामरहीम बारे ज्वाईँले गरे सनसनीपूर्ण खुलासा 'छोरीमाथि गर्थे यौन शोषण' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, १३ भदौ । धर्मगुरुका रुपमा चिनिँदै आएका भारतका गुरमीत राम रहीम यतिखेर जेलमा छन् । डेरा सच्चा सौदा संगठनका प्रमुख समेत रहेका उनीमाथि बलात्कार, जर्वजस्ती परिवार नियोजन साथै अपराधिक धम्की दिएको अभियोगमा अदालतले २० वर्षको जेल सजाय सुनाएको थियो ।

रामरहीम बारे ज्वाईले गरे सनसनीपूर्ण खुलासा
गुरु गुरमीत राम रहीमले छोरी मानेका हनीप्रीतका श्रीमान् विश्वास गुप्ताले एक सनसनीपूर्ण खुलासा गरेका छन् । रामरहीमले छोरी मानेका हनीप्रितसँग अवैध सम्बन्ध राखेको ज्वाई विश्वास गुप्ताले बताएका छन् ।

मेल टुडे अखबारसँगको अन्तर्वार्तामा विश्वासले भनेका छन् – ‘म बाबाजीको प्राईभेट गुफामा बस्ने गर्थेँ । मेरी श्रीमती हनीप्रित बाबासँगै ओछ्यानमा आपत्तिजनक अवस्थामा भेटेको थिएँ । तर वास्तविकता बाहिर ल्यायो भने ज्यान मार्ने धम्की दिएका थिए ।’

 

हनीप्रितको वास्तविक नाम प्रियंका तनेजा हो । विश्वास र हनीप्रितको विहे सन् १९९९ मा भएको थियो । यस खुशीयालीमा रामरहीमले गुफामा पार्टी समेत दिएका थिए । बाबा रामरहीमसँगको सम्बन्ध नजिक हुँदै गएपछि हनीप्रितले सन् २००९ मा विश्वास गुप्ताको परिवारमाथि दाईजो मागेको आरोपमा उजुरी गरेकी थिईन् ।

 

विश्वास गुप्ताका अनुसार हनीप्रित सुन्दरी युवती हुन् । बाबा रामरहीम उसको शारीरिक शोषण गर्दथे । हनीप्रितसँग हरसमय सँगै भएपनि बाबाले आफूलाई श्रीमती हनीप्रितसँग एउटै ओछ्यानमा सुत्न समेत दिँदैनथे ।

 

१८ वर्ष पहिले आफ्नै दुई शिष्यमाथि यौन अपराध गरेको अभियोगमा सोमबार अदालतले रामरहीमलाई दुई मुद्दामाथि १० /१० वर्षको जेल सजाय सुनाएको हो ।

 

भारतीय मिडियाले जनाए अनुसार मंगलबार राती रामरहीन जागराम नै रहे, उनी निदाउन सकेनन् । खानाको लागि जेलमा दिईएको ४ रोटी र सब्जी मध्ये जम्मा आधा रोटीमात्र खाएका थिए । जेल प्रशासनले उनलाई कैदी नम्बर ८६४७ को ट्याग दिएको छ ।

 

धर्मगुरुकै नाममा अर्बौँको सम्पत्ति कमाउने रामरहीमले अब जेल भित्र मालीको कामका साथै फ्याक्ट्रीमा समेत काम गर्नुपर्ने हुन्छ । काम गरेबापत दैनिक ४० रुपैयाँ भारु पाउनेछन् ।

 

मंगलबार अदालतमा सजाय सुनाईसकेपछि रामरहीम हात जोडेर माफी माग्दै रोएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);