अमेरिका : हार्भी नामको आंधीबाट डुबेको क्षेत्र फेरी डुबानको खतरामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, १४ भदौ । संयुक्त राज्य अमेरिकामा हार्भी नामक आंधीबाट सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रहरुलाई थप डुबानमा पार्ने गरी ह्युस्टन शहर बाहिर रहेको एउटा ठूलो बांधको जलाशय भरिएर पानी बाहिरिन थालेको छ। एकजना बाढी नियन्त्रण अधिकारीले त्यस्तो अवस्था पहिले कहिल्यै नआएकाले जलाशयबाट पानी बाहिर निस्कंदा हुने सम्भावित परिणामका बारे केही आँकलन गर्न नसकिने बताए।

 

तर उनले स्थानीयवासीहरु चिन्तित र त्रसित रहेको पनि जनाए। शुक्रबार अमेरिकाको टेक्सास राज्यमा हार्भी नामक समुद्री आंधीले गरेको विनाशको अवलोकन गर्न मंगलबार राष्ट्रपति ट्रम्प त्यहां पुगेका छन्।  उनले उद्धारमा संलग्न आपत्कालिन कर्मचारीहरुलाई धन्यवाद दिएका छन्।

 

टेक्सस राज्यका अधिकारीहरुले हार्भी नामक समुद्री आंधीपछि आएको बाढीले ह्युस्टन शहर बाहिर रहेको एउटा ठूलो बांधमा त्यसको जलाशयको क्षमताभन्दा बढी पानी पुर्याएपछि त्यसबाट पानी बाहिरिन थालेको जनाएका छन्। इन्जीनियरहरुले जलाशयबाट केही पानी छोडेर त्यस वरपरका वासिन्दाहरुलाई डुबानमा पर्नबाट जोगाउने प्रयास गरिरहेका छन्।

एडीक्स बांधको जालशयबाट पानी बाहिरिए पनि त्यसबाट उक्त बांधलाई कुनै असर नपर्ने बताइएको छ, तर त्यस वरपरका स्थान भने थप डुबानमा पर्नेछन्। तर एकजना बाढी नियन्त्रण अधिकारीले पानीको तह उक्त जलाशयको डिल भन्दापनि माथि पुगेको बताए। उक्त एडीक्स बांधको जालशयबाट पानी बाहिरिए पनि त्यसबाट उक्त बांधलाई कुनै असर नपर्ने बताइएको छ, तर त्यस वरपरको स्थान भने थप डुबानमा पर्नेछन्।

हार्भी समुद्री आंधी पछि आएको बाढीले टेक्ससपछि लुइजीआना राज्यलाई पनि असर पार्न थालेको छ। अभूतपूर्व रुपमा परेको ठूलो पानीका कारण हजारौं मानिसहरु आआफ्नो घर छाडेर भाग्न वाध्य भएका छन् भने उद्धारकर्ताहरुले अलपत्र परेकाहरु सम्म पुग्ने प्रयास गरिरहेका छन्। ह्युस्टन क्षेत्रमा मात्र कम्तीमा नौजनाको ज्यान गएको बताइएको छ। बीबीसीबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);