बलात्कारको आरोप लागेका हलिउड निर्माता हार्भी धरौटीमा रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

बलात्कारको आरोप लागेका हलिउड निर्माता हार्भी धरौटीमा रिहा

harvey weinstein

एजेन्सी , १२ जेठ । हलिउडका चर्चित निर्माता हार्भी वाइनस्टिन दश लाख डलर धरौटीमा रिहा भएका छन् । बलात्कार र यौन उत्पीडन सम्बन्धी अभियोग लागेका निर्माता हार्भीलाई अदालतले १० लाख डलर धरौटीमा रिहा गरेको हो ।

हार्भी निगरानीमा राख्न प्रयोग गरिने जीपीएस उपकरण आफ्नो शरीरमा लगाउन र राहदानी प्रहरीलाई बुझाउन तयार भएका छन् । एन्जेलिना जोली, रोज म्यागोअन, कारा डेलेभिन लगायत अभिनेत्री सहितका ६ दर्जन महिलाले बलात्कार तथा यौन उत्पीडनको आरोप लगाएपछि ६६ बर्षिय हार्भीले शुक्रबार न्युयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

हार्भीमाथि युवतीहरुलाई आफ्नो हैसियत र ताकत प्रयोग गरी यौन शोषणका लागि बाध्य पार्ने गरेको आरोप लगाइएको छ । तर हार्भीले भने यौन शोषण नगरेको बरु सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । चर्चित अभिनेत्रीहरुले यौन उत्पीडन र बलात्कारको आरोप लगाएपछि हार्भीलाई ओस्कारको बोर्डबाट निस्काशन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);