भारतका धर्मगुरु रामरहीम 'बलात्कारी' ठहर, १० वर्षको जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, १२ भदौ । भारतका धर्मगुरु गुरमीत रामरहीम सिंहमाथि परेको बलात्कार आरोपी मुद्दाको फैसला भएको छ । अदालतले गुरु रामरहीमलाई दोषी ठहह गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।

 

अदालतमा सुनाई भएको समयमा ८ जना उपस्थित भएका थिए । अदालतले दोषी ठहर गर्दै सजाय सुनाईरहेको बेला गुरु रामरहीम हात जोडेर रोईरहेको भारतीय मिडियाले जनाएका छन् ।

 

डेरा सच्चा सौदा धार्मिक संगठनका प्रमुखसमेत रहेका रामरहीममाथि हत्या, बलात्कार, जवर्जस्ती परिवार नियोजन गराएको आरोप लागेको थियो । उनीमाथि लागेको १५ वर्ष पुरानो यौन शोषणको मुद्दामा अदालतले सोमबार फैसला सुनाएको हो ।

अदालतले फैसला सुनाउनु अघि नै हरियाणाको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । अदालतले उनलाई दोषी सावित गरेपछि भारतको १५ शहरमा उनका अनुयायीहरुले हिंसा भड्काएका छन् । हिंसामा ३८ जनाको ज्यान गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);