२५ वर्ष अघि भएको बम हमलाको दोषीलाई मृत्यु दण्डको फैसला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

एजेन्सी, २२ भदौ । भारतको एक अदालतले करिब २५ वर्ष अघि भएको बम हमलामा संलग्न आरोपी मध्ये दुई जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ ।

 

घटनाका मुख्य आरोपी फिरोज खान र ताहिर मर्चेण्टलाई हत्यामा संलग्न भएको ठहर गर्दै अदालतले मृत्यु दण्डको सजाय सुनाएको हो ।

 

बम हमलामा संलग्न अन्य दुई जना अबू सलेम र करीमुल्ला शेखलाई आजीवन काराबासको सजाय सहित २ /२ लाखको जरिवाना तोकिएको छ।

 

यसै घटनाका अर्का दोषी रियाज सिद्दीकीलाई दश वर्षको जेल सजाय तोकिएको छ । फैसला सुने लगत्तै यस घटनाका अर्का आरोपी मुस्ताफा डोसाको हृदयघातका कारण मृत्यु भएको थियो।

 

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक आरोपीलाई अदालतले निर्दोष ठहर गर्दै रिहा गरेको थियो ।

 

यस घटनाका मुख्य योजनाकार दाउद इब्राहिम, टाइगर मिनोन लगाएत आरोपीहरु अझै पनि फरार नै छन् ।


२५ वर्ष अघि भारतका एक दर्जन स्थानलाई लक्षित गर्दै एकैसाथ गरिएको सो बम हमलामा परी २५७ जना मानिसको ज्यान गएको थियो भने ७ सय १३ जना मानिस घाइते भएका थिए ।

 

उक्त बम हमलाका कारण २७ करोड भन्दा बढिको धनजनको क्षति भएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);