इजिप्टको सैनिक अदालतद्वारा १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

इजिप्टको सैनिक अदालतद्वारा १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

church

एजेन्सी, २६ असोज । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेको छ ।

ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चमा बम विस्फोट गराएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्युदण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट आइएस लडाकूका नाममा गराइएको विस्फोटमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५ बर्षसम्मको जेल सजाय तोकिएको छ ।

न्यायिक तथा सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार कायरोमा सन् २०१७ र २०१६ मा गराइएका विस्फोटका घटनामा परी ७४ जनाको मृत्यु भएको थियो । सन् २०१६ को डिसेम्बर ११ तारिखका दिन कायरोको मूख्य भागमा पर्ने सेन्ट पिटर र सेन्ट पाउल चर्चमा भएको आत्मघाती हमलामा २९ जनाको मृत्यु भएको थियो ।

त्यस्तै सन् २०१७ को अप्रिलमा दुई चर्चमा भएको हमलामा ४५ जना मारिएका थिए । इजिप्टमा क्रिश्चियन धर्माबलम्वीहरुले प्रार्थना गर्ने चर्चहरुमा बेला बेलामा आइएस लडाकूहरुले आक्रमण गर्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);