सोमालियामा बिद्रोही समुहका २१ जना लडाकुलाई मृत्युदण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सोमालियामा बिद्रोही समुहका २१ जना लडाकुलाई मृत्युदण्ड

एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा बिद्रोही समुहका २१ जना लडाकुलाई मृत्युदण्ड दिइएको छ ।

सोमालियाको अर्ध स्वायत्त पन्टल्याण्ड राज्यमा एकै साथ गोली हानेर उनीहरुलाई मृत्युदण्ड दिइएको हो । मृत्यु दण्ड दिइएका मध्ये १८ जना दशकौदेखि बम हमला र आतंकबादी हमलामा आबद्ध भएको सोमालियाली सरकारले जनाएको अन्तराष्ट्रिय समाचार सस्थाहरुले जनाएका छन् ।

बिद्रोही समुह अल सबाबका सदस्य रहेको प्रमाणित भएपछि सैनिक अदालतले उनीहलाई मृत्युदण्डको सजाय सुनाएको थियो । सोमालियाको इतिहासमा कठोर सजायँ दिइएको यो पहिलो पटक हो ।

उनीहरुको मृत्युदण्डको सजायँ दिने तयारी गरिरहंदा बिद्रोही समुह अल सबाबले सोमालियाको अन्य शहरहरुमा आतंकबादी हमला गर्दा कयौं सैनिक मारिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);