सोमालियामा प्रहरीको गाडी लक्षित विस्फोटनमा ८ प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सोमालियामा प्रहरीको गाडी लक्षित विस्फोटनमा ८ प्रहरीको मृत्यु

somalia blast

एजेन्सी , १ असार । सोमालियामा प्रहरी चढेको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा परी आठ प्रहरीको मृत्यु भएको छ । शनिवार राती सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बिस्फोट गराइएको हो ।

गाडीमा ११ जना प्रहरी सवार रहेकोमा तीन जना भने सख्त घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । अहीलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

यद्यपि, सरकारले भने सोमालियाको आतंकवादी समूह अल सबावले बिस्फोट गराएको हुन सक्ने आशंका गरेको छ ।अल कायदासँग सम्बन्धित सो समूहले सोमालियामा विगत केही वर्षदेखि सरकारविरुद्ध आतंककारी हमला गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);