सोमालियामा चरम भोकमरी, ४८ घण्टा भित्र १ सय १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सोमालियामा चरम भोकमरी, ४८ घण्टा भित्र १ सय १० जनाको मृत्यु

सोमालियामा भोकमरीका कारण पछिल्लो ४८ घण्टामा एक सय १० जनाको मृत्यु,भोकमरीको चपेटामा परेकालाई सहयोग गर्न राष्ट्रसंघद्वारा विश्व समुदायसँग आग्रह

सोमालियामा चरम भोकमरी

काठमाडौं । सोमालियामा भोकमरीका कारण एक सय १० जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भएको भोकमरीले एउटै क्षेत्रमा मात्रै एक सय १० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण धेरै मानिसको मृत्यु भएको हो ।

तर खडेरी र भोकमरीको चपेटामा परेका अन्य ठाउँका मानिसको अवस्था भने थाहा नभएको बिबिसीले जनाएको छ ।

सोमालियामा खडेरीका कारण भोकमरीको संकट बढ्दै गएको छ । अहिले सोमालियाका झण्डै ३० लाख मानिसले खाद्य संकट भोगिरहेका छन् ।

सोमालियामा सन् २०१० देखि २०१२ सम्म भोकमरीका कारण दुई लाख ६० हजार भन्दा धेरैको मृत्यु भएको थियो ।

त्यसअघि सन् १९९२ मा फैलिएको भोकमरीका कारण दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो । सोमालियासहित नाइजेरिया, दक्षिणी सुडान र यमन अहिले भोकमरीको गम्भीर चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघले भोकमरीको चपेटामा रहेका मानिसको सहयोगका लागि विश्वसमुदायसँग आग्रह गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);