जापान सागरमा उत्तर कोरियाको मिसाईल प्रक्षेपण, कोरियाद्धिपमा तनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जापान सागरमा उत्तर कोरियाको मिसाईल प्रक्षेपण, कोरियाद्धिपमा तनाव

उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण, चीनको सीमा नजिक चोङच्याङ रीबाट प्रहार गरिएको मिसाइल जापानी समुद्रमा खसेको दक्षिण कोरियाको दाबी

जापान सागरमा उत्तर कोरियाको मिसाईल प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।

उत्तर कोरियाले परीक्षण गरेको मिसाइल जापानको समुद्रमा खसेको र मिसाइलका बारेमा विस्तृत केही जानकारी नआएको दक्षिण कोरियाका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

चीनसँग सीमा जोडिएको तोङच्याङ–री क्षेत्रबाट गएको सोमबार उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

गएको महिना उत्तर कोरियाले नेता किम जोङ–उनको उपस्थितिमा नयाँ प्रकारको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

तर उसले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । गएको महिना भएको मिसाइल परीक्षणको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया तथा जापानले निन्दा गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);