सिआइए माथि ह्याकिङको आरोप, विकिलिक्सले दियो यस्तो प्रमाण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

 सिआइए माथि ह्याकिङको आरोप, विकिलिक्सले दियो यस्तो प्रमाण

अमेरिकी गुप्तचर निकाय सिआइएले विश्वभरका टेलिभिजन तथा टेलिफोन ह्याक गर्ने गरेको तथ्य सार्वजनिक, बेलायत पनि ह्याकिङमा संलग्न रहेको विकिलिक्सको दाबी

 सिआइए माथि ह्याकिङको आरोप

 काठमाडौं । अमेरिकी गुप्तचर निकाय सिआइएले विश्वभरका टेलिभिजन तथा टेलिफोन ह्याक गर्ने गरेको विकिलिक्सले दाबी गरेको छ ।

विकिलिक्सले सिआइएले ह्याकिङका लागि प्रयोग गर्ने गरेको साइबर हतियारको सूचि सार्वजनिक गरेको छ । यसमा विन्डोज, एन्ड्रोइड, आइओएस, ओएसएक्स र लाइनक्स कम्प्युटर तथा इन्टरनेट राउटरलाई पनि निशाना बनाउन सक्ने भाइरस पनि रहेको विकिलिक्सले जनाएको छ ।

टेलिभिजन तथा टेलिफोन ह्याकिङका लागि प्रयोग गर्ने केही सफ्टवेयर भने सिआइए आफैले तयार गरेको विकिलिक्सले दाबी गरेको छ । यस्तै बेलायतको एमआई फाइभले सामसुङ टेलिभिजनलाई ह्याक गर्न मिल्ने सफ्टवेयर बनाउन सिआइएलाई सहयोग गरेको पनि विकिलिक्सको भनाई छ । तर सिआइएले भने विकिलिक्सले सार्वजनिक गरेको सूचनाको पुष्टि गरेको छैन ।

विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजका बारेमा आफूहरुले केही प्रतिक्रिया नदिने सिआइएका प्रवक्ताले बताएका छन् ।

बेलायतको गृह मन्त्रालयले पनि यस विषयमा केही प्रतिक्रिया दिएको छैन । तर अमेरिकाको साइबर क्षमताका बारेमा जानकारी राख्ने एडवार्ड स्नोडेनले भने विकिलिक्सले सार्वजनिक गरेको दस्ताबेज तथा सूचना सही रहेको हुन सक्ने बताएका छन् ।

सिआइएले सन् २०१४ मा सामसुङको एफ ८०० सिरिजको स्मार्ट टेलिभिजन ह्याक गरेको र त्यसलाई विपिङ्ग एन्जल नाम दिइएको विकिलिक्सले उल्लेख गरेको छ ।

यस्तै सिआइएले एप्पल फोनमा पनि आक्रमण गरेको आरोप विकिलिक्सको छ । विकिलिक्सले निकै संवेदनशील प्राविधिक विधी बारेको जानकारी सार्वजनिक गरेकाले सिआइएका लागि यो निकै समस्यापूर्ण हुन सक्ने विश्लेषकले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);