उत्तर कोरियाको अर्को आतंक, किमकै चाहनामा प्रक्षेपण गरियो खतरनाक रकेट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उत्तर कोरियाको अर्को आतंक, किमकै चाहनामा प्रक्षेपण गरियो खतरनाक रकेट

उत्तर कोरियाद्वारा नयाँ तथा बिस्तारित क्षमताको रकेट इन्जिनको सफल परिक्षण, अमेरिकाद्वारा परिक्षणको भत्सर्ना

उत्तर कोरियाको अर्को आतंक

काठमाडौं । उत्तर कोरियाले नयाँ तथा बिस्तारित क्षमताको रकेट इन्जिनको परीक्षण गरेको छ ।

उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परीक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।

यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँ स्तरमा पुगेको नेता किम जोङ्ग उनले घोषणा गरेको समाचार संस्था केसिएनएले जनाएको छ ।

नयाँ रकेटले विश्व स्तरको स्याटेलाइट प्रक्षपणका लागि उत्तर कोरियालाई सहयोग गर्ने नेता किमको भनाई छ ।

अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले चीनको भ्रमण गरे लगतै उत्तर कोरियाले रकेट परीक्षण गरेको हो ।

चीन पुग्नुअघि दक्षिण कोरियामा रहेका टिल्लर्सनले शुक्रबार उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाका सैनिकलाई चुनौती दिएमा त्यसको प्रतिबाद गर्ने बताएका थिए ।

उत्तर कोरियाले पछिल्लो समय लगातार आणविक परीक्षण तथा मिसाइल प्रक्षपण गर्दै आएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);