जापान–अमेरिका गठवन्धनलाई तर्साउन उत्तर कोरिया उद्दत, भयो पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जापान–अमेरिका गठवन्धनलाई तर्साउन उत्तर कोरिया उद्दत, भयो पुष्टि

नेता किम जोन–उनको उपस्थितिमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि, मिसाइल परिक्षणको विश्वभर निन्दा

जापान–अमेरिका गठवन्धनलाई तर्साउन उत्तर कोरिया उद्दत

काठमाडौं । उत्तर कोरियाले नेता किम जोन–उनको उपस्थितिमा आफ्नो देशले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ ।

उत्तर कोरियाले आइतबार ब्यालेस्टिक मिसाइलको परीक्षणको गरेको दक्षिण कोरियाले दाबी गरेको थियो । तर त्यसको उत्तर कोरियाले तत्कालै केही प्रतिक्रया दिएको थिएन ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले नेता किमको उपस्थितिमा जमिनबाट जमिनमा मार हान्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ ।

परीक्षण गरिएको मिसाइलले मध्यम तथा लामो दूरीमा मार हान्न सक्ने केसिएनएले उल्लेख गरेको छ ।

परमाणु हतियारसहित आक्रमण गर्न सक्ने मिसाइल परीक्षण भएको केसिएनएले जनाएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरको यो मिसाइल परीक्षण अमेरिकी राष्ट्रपतिलाई सैन्य उक्साहटमा ल्याउने प्रयास रहेको बताएको छ ।

मिसाइल जापान सागर तर्फ पाँच सय किलोमिटरसम्म पुगेको दक्षिण कोरिया तथा अमेरिकाका अधिकारीले बताएका छन् ।

उत्तर कोरियाको मिसाइल परीक्षणको भने विश्वभरबाट निन्दा भएको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, जापान, दक्षिण कोरियासहितका देशले उत्तर कोरियाको आलोचना गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);