अमेरिकी राष्ट्रपति भन्छन्–जापान विना विश्व शान्ती असम्भव | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

अमेरिकी राष्ट्रपति भन्छन्–जापान विना विश्व शान्ती असम्भव

जापानसँगको सम्बन्ध अमेरिकाका लागि शान्तिको आधारशिला रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, शान्तिका लागि जापानसँग सहकार्य गर्ने घोषणा

अमेरिकी राष्ट्रपति भन्छन्–जापान विना विश्व शान्ती असम्भव

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको सम्बन्ध आफ्नो मुलुकका लागि शान्तिको आधारशिला रहेको बताउनुभएको छ ।

अमेरिका भ्रमणमा रहेका जपानका प्रधानमन्त्री सिन्जो आबेसँगको भेटमा राष्ट्रपति ट्रम्पले जापानको सुरक्षाप्रति आफु प्रतिबद्ध रहेको बताउनुभएको हो ।

दोस्रो बिश्वयुद्धपछि आर्थिक तथा बिकासका कार्यमा प्रतिस्पर्धी बनेको जापानका प्रधानमन्त्रीसँगको भेटलाई अमेरिकाले महत्वका साथ लिएको छ ।

भेटका क्रममा जापानी प्रधानमन्त्री आवेले दुई मुलुकको आर्थिक र ब्यापारिक सम्बन्धमा जोड दिनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले जापानसँगको व्यापार घाटा कम गर्न कार निर्माता टोयोटा माथि करको दर बृद्धि गर्ने बताउँदै आउनुभएको छ ।

भेटपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले जापान महत्वपुर्ण र स्थिर सहयोगी रहेकाले द्वीपक्षीय सम्बन्ध बलियो बनाउन दृढ रहेको बताउनुभयो ।

प्रशान्त क्षेत्रको स्थिरताका लागी अमेरिकी सहयोग खोजी रहेको जापानका लागी चीनको बढ्दो प्रभाव टाउको दुखाईको विषय बनिरहेको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाको अणविक परिक्षण र चीनको सैन्य शक्तिका कारण स्थिरताका लागी जापानले अमेरिकि सैन्य सहयोगको आशा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply