अमेरिकामा आँधीबेहरीको चपेटामा परेर १३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकामा आँधीबेहरीको चपेटामा परेर १३ को मृत्यु

फ्लोरिडा र जर्जियामा आपतकालीन घोषणा

एजेन्सी, २५ असोज । अमेरिकाको फ्लोरिडामा माइकल आँधीको चपेटामा परेर १३ जनाले ज्यान गुमाएका छन् । शक्तिशाली आँधी जर्जियातर्फ बढेको छ । फ्लोरिडा र जर्जियामा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । आधिँका कारण हजारौं मानिसहरुलाई सुरक्षित स्थानतर्फ लगिएको छ ।

साढे २ सय किलोमिटर प्रतिघण्टा बेगको विनासकारी माइकल आँधिले अमेरिकाको फ्लोरिडामा जनजिवन अस्तव्यस्त बनेको छ । मेक्सिकोको खाडीबाट अमेरिकाको फ्लोरिडा पुगेको सो आँधिबाट जोगिन सर्वसाधरणलाई सुरक्षित स्थानतर्फ लगिएको छ ।

भिडियो हेर्नुस्:

आँधिको चपेटामा परेर मध्य अमेरिकाको विभिन्न भागमा कैयौँ व्यक्तिहरुले ज्यान गुमाएका छन् । फ्लोरिडाका अधिकारीहरुले तटिय क्षेत्रमा बस्ने मानिसहरुलाई सतर्क भई सुरक्षाको उपाय अपनाउन सुझाएका छन् ।

आँधिले ठुलो बर्षा ल्याउन सक्ने मौसम विद्हरुले भविष्यबाणि गरेका छन् । विनासकारी आँधिकै कारण कैयौँ व्यक्तिहरुले घर छाडी सुरक्षित स्थानतर्फ गएका छन् । हावाहुरीकै कारण विद्यालय र कार्यालयहरु बन्द गरिएका छन् ।

पुराना तथा कमजोर संरचना भएका घर भत्किने खतरा रहेको र केहि स्थानमा ठुला रुखहरु पनि ढल्न सक्ने बताइएको छ । शक्तिशाली आँधी जर्जिया हुँदै साउथ क्यारोलिनातर्फ बढेको छ । केहि स्थानमा वर्षासँगै आँधीबेरी चलेका कारण विद्युत आपुर्ति ठप्प बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);