उत्तर कोरियाविरुद्ध थप नाकाबन्दीको तयारीमा युरोपियन युनियन | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

काठमाडौँ, २३ भदौ । युरोपियन युनियनले उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दी लगाउने भएको छ। उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणका विरुद्धमा युरोपियन युनियनले हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु गरेको युनियनका कूटनीतिक विभाग प्रमुख फेडरिका मोगारिनीले बताएका छन्।

उत्तर कोरियाको पछिल्लो आणविक परीक्षणको विरोधगर्दै विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी तथा कारबाही गर्ने जनाइरहेका बेला युरोपियन युनियनले पनि उसका विरुद्ध थप नाकाबन्दी गर्ने तयारी थालेको हो। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सो कदमको विरोधमा अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउँदै आएको छ।

ताजा समाचार