टर्कीमाथि प्रतिबन्ध लगाउने युरोपियन युनियनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टर्कीमाथि प्रतिबन्ध लगाउने युरोपियन युनियनको चेतावनी

एजेन्सी, १३ भदौ । युरोपियन युनियन ‘इयू’ले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । भूमध्य सागरमा ग्रीस र साइप्रसबीचको बढ्दो तनाव कम गर्न प्रभावकारी भूमिका नखेलेको भन्दै युरोपियन युनियनले टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

युरोपियन युनियनका वरिष्ठ कुटनीतिज्ञ जोसेप बोररेलले टर्कीलाई दुवै देशसँग वार्ताका लागि दिएको अवसरको सदुपयोग नगरेको कारण प्रतिबन्ध लगाउने चेतावनी दिएको बताउनु भयो । साइप्रस टापु नजिकै समुद्री सिमाना र ग्यास उत्खननको विवादले ग्रीस र टर्कीबीच लामो समयदेखि चल्दै आएको विवाद तत्काल समाधान गर्न युरोपियन युनियनले चेतावनी दिएको हो ।

उर्जा स्रोतमा टर्कीले गरेको दावी गलत भएको युरोपियन युनियनले जनाएको छ । तर टर्कीले भने युरोपियन युनियनको दावीको खण्डन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);