बेलायत र युरोपियन युनियनले दिए ब्रेक्जिट वार्तालाई पुनः निरन्तरता | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

बेलायत र युरोपियन युनियनले दिए ब्रेक्जिट वार्तालाई पुनः निरन्तरता

एजेन्सी , २२ मंसिर । बेलायत र युरोपियन युनियनले ब्रेक्जिट वार्तालाई पुनः निरन्तरता दिएका छन् । विश्व व्यापार संगठनको सदस्य नबन्न बाध्यकारी सीमा नजिकिएका बेला दुवै पक्षले वार्तालाई पुनः पनरन्तरता दिएका हुन् ।

वार्तामा दुवै पक्षका अधिकारीहरुले एक अर्का देशमा निर्यात हुने सामग्री र तिनहरुमा लाग्ने करको विषयमा सहमतिको प्रयास गरको र डिसेम्बरको अन्त्यसम्ममा समस्या समाधान हुने बताइएको छ ।

धेरै विषयमा सहमति भएको तर समुद्रमा माछा पार्न पाउने विषयमा भने सहमति हुन बाँकी रहेको बेलायतका वार्ताकार टोलीका मुख्य सदस्य लर्ड फ्रस्टले जानकारी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

आयरल्याण्डले बेलायत र युरोपियन युनियनबीच हुने सम्झौता सबैको हितमा रहेका बताएको छ । उक्त सम्झौता जति चाँडो भयो उत्तिनै सबैको हितमा हुने आयरल्याण्डको भनाइ छ । उनीहरुले युरोपियन युनियनमा आवद्ध राष्ट्रहरुले बेलायतलाई सम्झौता गर्न दवाव दिइरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);