इयुका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इयुका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश

एजेन्सी, १३ फागुन । भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिएको छ ।

युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्न भेनेजुएलाले बुधबार आदेश दिएको हो ।

भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले राष्ट्रपति निकोलास मदुरोको निर्णय बमोजिम राजदूत पेड्रोसालाई देश छाड्न आदेश दिएको बताएका छन् ।

युरोपियन युनियनका प्रवक्ता नबिला मासरालीले यो निर्णयले भेनेजुएला थप एक्लिने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);