रुकुम घटनामा २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुकुम घटनामा २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

rukum adalat

काठमाडौं, १० असार । रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाँउ समूहिक हत्याको घटनामा संलग्न २३ जनालाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ । चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएकी किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । साथै आरोपितहरु इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न आदेश अदालतले दिएको छ । घटनामा संलग्न २ नाबालकलाई यसअघिकै आदेशले बाल सुधारगृहमा पठाइसकिएको छ ।

चौरजहारी नगरपालिका–८ सोतीमा १० जेठमा भएकाे घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको ज्यान गएको थियो । प्रेमिकालाई भगाएर विवाह गर्न भनी आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकको समूहलाई सोतीका स्थानीयले कुटपिट गरी भगाएका थिए । सोही क्रममा नवराजसहित ६ जनाको ज्यान गएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);