भारतको एक बस बिसौनीको छाना खस्दा नौ जनाको मृत्यु, केही घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, २३ भदौ । दक्षिण भारतको एक बस सौनीको छाना खस्दा नौ जनाको मृत्यु भएको छ। घटनामा धेरै व्यक्तिहरु हराईरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।  तामिलनाडुको राजधानी चेन्नइबाट ५१० किलोमिटर दक्षिणपश्चिममा अवस्थित कोइमतुर शहरको सोमानुर क्षेत्रको बस टर्मिनलमा रहेको छानो भत्किँदा धेरैको मृत्यु भएको तर पुष्टि हुन भने बाँकी रहेको कोइम्वतुरका एक उच्च अधिकारीले बताएका छन्।

घटनापछि सुरक्षा तथा स्थानीय युवाको पहलमा तत्कालै उद्धार शुरु भएको थियो। प्रहरीले छाना भत्किनुमा को दोषी भन्ने विषयमा छानविन शुरु भएकाले अनुसन्धानपछि मात्रै यकिन तथ्य बाहिर आउने बताएको छ।

गत महिना यस्तै एक घटनामा भारतीय आर्थिक राजधानी मुम्बईमा २१ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);