भारतको आगरामा यात्रु बस दुर्घटना हुँदा २९को मृत्यु, १८ घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतको आगरामा यात्रु बस दुर्घटना हुँदा २९को मृत्यु, १८ घाईते

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा

एजेन्सी, २३ असार । भारतको उत्तर प्रदेशस्थित आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । लखनउबाट दिल्लीका लागि छुटेको बस यमुना एक्सप्रेस राजमार्गको झरना नालीमा खस्दा २९ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । बस अनियन्त्रित भएर नालीमा खसेको भारतीय प्रहरीले जनाएको छ । बसको आधा भाग नालीमा डुबेको थियो ।

ज्यान गुमाउनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षीया बालिका रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । बसमा ५० जनाभन्दा बढी यात्रु सवार रहेका जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनापछि उत्तर प्रदेश परिवहन निगमले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);