ट्रम्प वाशिङटनका लागि ब्रिटिश राजदूत डार्कप्रति थप आक्रामक बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ट्रम्प वाशिङटनका लागि ब्रिटिश राजदूत डार्कप्रति थप आक्रामक बन्दै

trump tariffs

काठमाडौं, २४ असार । राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कप्रति थप आक्रामक बन्दै उनीसँग व्यवहार नगर्ने बताएका छन्।

ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै उनले ब्रिटिश प्रधानमन्त्री टरिजा मेको पनि आलोचना गरेका छन् । ब्रिटेनले छिट्टै नयाँ प्रधानमन्त्री पाउने कुरा सुखद समाचार भएको टिप्पणी पनि उनले गरेका छन् । आइतवार चुहावट भएको आफ्नो इमेलमा सर किमले ट्रम्प प्रशासन निष्प्रभावी र असक्षम रहेको बताएका थिए । प्रधानमन्त्री मेले आफूलाई सर किममाथि “पूर्ण विश्वास“ रहे पनि उनीसँग सहमत हुन नसकिने बताएकी छन् । मेका प्रवक्ताले इमेल चुहावट प्रकरण एकदमै अस्वीकार्य भएको बताएका छन् र प्रधानमन्त्रीको कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जनाएका छन् । इमेल चुहावटप्रति यसअघि नै प्रतिक्रिया जनाइसकेका ट्रम्पले आफूहरू ती मान्छेको ठूलो प्रशंसक नभएको र उनले यूकेको पनि राम्ररी सेवा नगरेको भनी टिप्पणी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);