बेलायती विदेशमन्त्री हन्टद्वारा ट्रम्पको कडा आलोचना, सम्बन्धमा खटपट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बेलायती विदेशमन्त्री हन्टद्वारा ट्रम्पको कडा आलोचना, सम्बन्धमा खटपट

donald trump

एजेन्सी, २५ असार । बेलायती विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् ।

उनले राष्ट्रपति ट्रम्पलाई बेलायत र प्रधानमन्त्री टेरिजा मेप्रति अनादरपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । इमेल प्रकरणलाई लिएर राष्ट्रपति ट्रम्पले अमेरिकाका लागि बेलायती राजदूत किम डारोचलाई निकै मूर्ख मान्छे भन्ने टिप्पणी गरेपछि विदेशमन्त्री हन्टको यस्तो कडा प्रतिक्रिया आएको होे ।राष्ट्रपति ट्रम्पले गरेको एउटा टीव्टमा प्रधानमन्त्री मेलाई पनि होच्याईको थियो ।

बे्रक्जिट मामिलाई कसरी समाधान गर्ने भनेर आफुले सुझाएको तर प्रधानमन्त्री मेको मूर्खतापूर्ण बाटोले उनी असफल भएको भन्दै राष्ट्रपति ट्रम्पले टीव्ट गरेका थिए ।यसैबीच मंगलबारका लागि तय दुई देशका व्यापार तथा वाणिज्य सचिवहरुको वार्ता पनि एक अर्काप्रतिको कडा टिप्पणीका कारण रद्ध भएको छ ।यस अघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनस्थित वेलायती राजदूत सर किम डोरोचसँग आफूहरुले व्यवहार नगर्ने बताएका थिए ।तर बेलायती प्रधानमन्त्री मे ले भने राजदूत किममाथि पूरै भरोसा रहेको प्रतिक्रिया दिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);