राष्ट्रपति ट्रम्प तीनदिने राजकीय भ्रमणका सिलसिलामा लन्डनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रपति ट्रम्प तीनदिने राजकीय भ्रमणका सिलसिलामा लन्डनमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतमा

एजेन्सी, २० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा लन्डन पुग्नुभएको छ । ट्रम्पले लन्डन ओर्लनासाथ लन्डनका मेयर सदिक खानविरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीटसमेत गरेका छन् ।

विरोधकाबीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ । राष्ट्रपति ट्रम्पले गरेको ट्वीटमा अमेरिकाको महत्वपूर्ण साझेदार मुलुक बेलायतको भ्रमण गर्दा आफूलाई लन्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको बताएका छन् ।

खानले एक टेलिभिजनलाई दिएको अन्तरर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गरेका थिए । एयर फोर्स वनको विमान मार्फत ट्रम्प बेलायत पुगेका छन् ।

ट्रम्पका साथमा प्रथम महिला मिलानिया ट्रम्प पनि भ्रमणमा सहभागी छिन् । ट्रम्पले सोमवार नै बेलायती महारानी एलिजाबेथसंग भेटेका छन् । ट्रम्पको भ्रमणको विरोधमा मंगलवार बेलायतका विभिन्न स्थानमा प्रदर्शनको तयारी गरिएको थियो ।

ट्रम्पले बेलायतको भावी प्रधानमन्त्रीका रुपमा आफ्नो समर्थन बेलायती बिदेशमन्त्री बोरिस जोन्सनलाई रहेको बताएका थिए । ट्रम्पले भनेजस्तो नभए बेलायत युरोपियन युनियनबाट तत्काल बाहिरिनु नै बेलायतका लागि हितकर हुने बिचार ब्यक्त गरेका थिए । ट्रम्पको उक्त भनाइप्रति बेलायती नागरिकको आपत्ति छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);