ट्रम्प बेलायत जाँदै, विभिन्न स्थानमा विरोध प्रदर्शनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ट्रम्प बेलायत जाँदै, विभिन्न स्थानमा विरोध प्रदर्शनको तयारी

trump

काठमाडौं, २० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजकीय भ्रमणमा बेलायत जाँदै छन् ।

ट्रम्प स्थानीय समय अनुसार सोमबार बिहान बेलायत पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति ट्रम्पले बेलायतमा तीन दिन बिताउने छन् । एयर फोर्स वनको विमान मार्फत ट्रम्प बेलायत पुग्ने छन् । ट्रम्पका साथमा प्रथम महिला मिलानिया ट्रम्प पनि भ्रमणमा सहभागी हुँदै छिन् । बेलायतकी महारानी एलिजाबेथले सोमबार बेलुका ट्रम्प र मिलानियाको सम्मानमा रात्री भोजको आयोजना गर्दै छिन् । ट्रम्पको भ्रमणको विरोधमा बेलायतका विभिन्न स्थानमा भने प्रदर्शनको तयारी गरिएको छ । लण्डन, म्यानचेस्टर, बेल्फास्ट, बर्मिङ्ग्हम र नटिङ्ग्हममा प्रदर्शनकारीले ¥यालीको तयारी गरेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);