बेलायत भ्रमणमा ट्रम्प: दुई देशबिच मित्रवत सम्बन्धको प्रशंसा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बेलायत भ्रमणमा ट्रम्प: दुई देशबिच मित्रवत सम्बन्धको प्रशंसा

trump-belayat

एजेन्सी, २१ जेठ । बेलायतको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिचको अनन्त मित्रवत सम्बन्धको प्रशंसा गरेका छन् ।

महारानी एलिजाबेथ द्वितियले राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानिया ट्रम्पको सम्मानमा बकिङ्घम प्यालेसमा आयोजना गरेको राजकीय भोजमा ट्रम्पले अमेरिका र बेलायत सदियौँ देखि रहँदै आएको मित्रवत सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गरेका हुन् । महारानी एलिजाबेथले दुई देशले दशकौँदेखि दुवै देशका नागरिकको सुरक्षा र सम्वृद्धिका लागि सहकार्य गरेको बताएकी छन् । राष्ट्रपति ट्रम्प तीन दिने भ्रमणका लागि सोमबार लण्डन पुगेका हुन् ।

लण्डन पुगे लगत्तै ट्रम्पले स्थानीय मेयरको आलोचना गरेका थिए । उनले लण्डनका मेयर सद्दिक खानलाई असक्षमको शंज्ञा दिएका थिए । मेयर खानले ट्रम्पका लागि रातो कार्पेट बिच्छ्याउन नहुने र राजकीय भ्रमणको मान्यता पनि दिन नहुने बताएका थिए । ट्रम्पले त्यसकै जवाफ लण्डन पुगे लगत्तै ट्वीटर मार्फत दिएका थिए । तर रात्रीभोजको क्रममा दिएको वक्तव्यमा भने बेलायत र बेलायती नागरिकको प्रशंसा गरे । उनले महारानी एलिजाबेथ महान महिला रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);