'उत्तर कोरिया सकंट समाधान सम्भव छ' राष्ट्रपति ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

एजेन्सी, २३ कार्तिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सि जिनपिङसँग उत्तर कोरिया संकटबारे छलफल गरेको बताएका छन्।

सि जिनपिङ र आफूले उत्तर कोरियाको संकटको समाधान सम्भव भएको विश्वास गरेको राष्ट्रपति ट्रम्पले दाबी गरेका हुन्। उनले अमेरिका र चीनबीचको व्यापार दुवै देशका लागि सन्तुलित बनाउने बताएका हुन्।

उनले ओबामाको कार्यकालमा अमेरिकी प्रशासनले व्यापारमा चिनियाँ हात माथी पर्न दिएको भन्दै आलोचना समेत गरेको बीबीसी लेखेको छ।
छुट्टै समारोहमा दुई नेताहरु अरबौं डलरको रणनीतिक औद्योगिक सहकार्यको दस्ताबेजमा हस्ताक्षरको साक्षी बनेका थिए। राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्मानमा राजकीय रात्रीभोज आयोजना गर्दैछन्।

ताजा समाचार