अन्तत: विवादित मन्त्रीले दिइन पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौँ, २३ कार्तिक । पटेलले राजीनामा नदिएको भए मेले उनलाई बर्खास्त गर्ने अडकलवाजी गरिएको थियो। अनधिकृत रुपमा इजरेली नेताहरुलाई भेटेकाले विवादमा परेकी ब्रिटेनकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रीत‌ि पटेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन्।

बुधबार अबेर अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रीट गएर प्रधानमन्त्री टरीजा मेलाई आफ्नो राजीनामा बुझाएकी थिइन् । पटेलले राजीनामा नदिएको भए मेले उनलाई बर्खास्त गर्ने अडकलवाजी गरिएको थियो।

गत अगष्ट महिनामा इजरेलमा छुट्टी मनाउन गएको बेला मन्त्री पटेलले इजरेली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहु लगायत वरिष्ठ अधिकारीहरुलाई भेटेको भर्खरै खुलासा भएको थियो । तर उनले यसबारे ब्रिटिश विदेश मन्त्रालय वा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएकी थिइनन्।

आफ्नो व्यवहारबारे उनले क्षमा मागेकी थिइन् । तर इजरेली अधिकारीहरुसंग पटक पटक भेटेको खुलासा भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । उनी ब्रिटेनले युरोप छाडनु पर्छ भन्ने अभियानकी एक कट्टर समर्थक पनि थिइन् । ४५ वर्षीय पटेलका बाबुआमा भारतीय मूलका हुन्।

पटेल एकसाताभित्र राजीनामा दिने दोश्रो ब्रिटिश मन्त्री हुन् । १५ वर्ष अघि एक महिला पत्रकारसंग अभद्र व्यवहार गरेको आरोप लागेका ब्रिटिश रक्षा मन्त्री माइकल फालनले गत साता आफ्नो पदबाट राजीनामा दिएका थिए। गत बुधबार रक्षा मन्त्री फालनले आकस्मिक रुपमा आफ्नो राजीनामा ब्रिटिश प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका थिए।

फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो । उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो। बीबीसी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);