राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रले जनाएको छ । वलीले राजीनामा बुझाएको र अब मन्त्रिपरिषद्को सल्लाहमा मुख्यमन्त्रीले त्यसलाई स्वीकृत गर्ने माओवादी केन्द्रले जनाएको छ ।

जेठ ३१ मा उनका प्रमी भनीने दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले वलीलाई पक्राउ गरेको थियो । यसपछि सरकारले छानबिन गर्न समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन पार्टीको सल्लाहकार उनले राजीनामा दिएको वली निकट स्रोतले बताएको छ ।

नेकपा एमालेको तर्फ देखि प्रदेश सभा सदस्य बनेका उनका पती उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ख मो उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । यद्यपी पार्टी विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । गत साउनमा माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);