नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर बस नदीमा खस्दा ३६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर बस नदीमा खस्दा ३६ जनाको मृत्यु

bus accident in india

एजेन्सी, १६ माघ । पुलबाट नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर बस नदीमा खस्दा ३६ जनाको मृत्यु भएको हो । माल्डा जिल्लाको करिमपुरबाट मुर्सिदावाद हुँदै नाडियातर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि २ सय २० किलोमिटर टाढा पर्ने दौलतवादमा दुर्घटना भएको हो ।

बसमा ५६ जना यात्रु सवार थिए । ती मध्ये ६ जनाले पौडिएर ज्यान जोगाएको र १० जना अझै बेपत्ता रहेको बताइएको छ । चालकले अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई ५ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेकी छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);